|

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। 

हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। 

उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दावी ओलीले गरे।

बालकोटमा एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् हुम्ला जिल्ला इन्चार्ज  गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्जहरु दल रावल र दल फडेरालगायत पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.