|

काठमाडौं : नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयाघातबाट निधन भएको छ। 

जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला  उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ।

उनको गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा निधन भएको नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए।

रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन्। उनी भोलि हुन हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.