काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौँडामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रेष्ठ नेतृत्वको नयाँ समिति सर्वसम्मत चयन गरेको हो।
उपाध्यक्षहरूमा राजेश रुम्बा र डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिवहरुमा राजु नापति र शिशिर दोङ, कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन्। फोनिज बागमती प्रदेश इन्चार्ज समीर बलामीका अनुसार सदस्यहरुमा पासाङ शेर्पा, मीना श्रेष्ठ, कमला तामाङ, पुर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ चयन भएका छन्।
यस्तै, रवीन्द्र सिन्जाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ सदस्य चयन भए। लेखा संयोजकमा राजेन्द्र मानन्धर, सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी चयन भएका हुन्।
अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ निर्वाचित भए भने सदस्यहरूमा रिदेन महर्जन र रसिया श्रेष्ठ रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।