|

डडेल्धुरा : तत्कालीन नेकपा (एमाले) नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) डडेल्धुरामा समाहित भएको छ।

बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी  नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने निर्णयलाई अनुमोदनसहित स्वागत गर्ने  निर्णय गरेको छ।

बैठकले २७ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरेको छ। जिल्ला सचिवालयमा तुलाराम बोहरा, प्रेम साउँद, सुरेन्द्र बिष्ट, कमला साउद, जय बहादुर एर, टेक भण्डारी, डम्बर साउँद, सुरेन्द्र मल्ल, लक्ष्मी गैराल, राजेन्द्र पन्त, छत्र जोशी र राजेन्द्र मगर छन्।

यस्तै, डम्बर थापा, राजु थापा, संगीता भण्डारी, लक्ष्मण पाल, भुवन पाठक,  सुरेन्द्र बुढाऐर, धर्म पडाल, गोबडी देब जोशी, पदम बोहरा, जनक मल्ल, प्रेमसिंह धामी, धिरेन्द्र बोहरा, रतन बिष्ट, पदमबहादुर बिष्ट र हर्कबहादुर बिष्ट पनि जिल्ला सचिवालयमा अटाएका छन्।

यसैगरी बैठकले १८ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ। बैठकले दिपराज जोशी, चेतराज धिक्त, डम्बरबहादुर बिष्ट, पदम भूल, तारा प्रसाद भट्ट, शेरबहादुर धामी, भीमबहादुर बोहरा, रोशन बिष्ट, पूजा अवस्थी, दीपेन्द्र शाही, राजमति साउँद, निर्मला बिष्ट, रतना विक, दीपकबहादुर बोहरा, बलबहादुर बिष्ट, पदम बहादुर बिष्ट र रूद्रबहादुर ऐरलाई जिल्ला कमिटीमा मनोनित गरेको हो।

वडा कमिटी गठनलाई तीव्रताका साथ अगाडि बढाउन इन्चार्ज, पालिका अध्यक्ष र जिल्ला कमिटी सदस्यलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले जानकारी दिए।

यसका साथै बैठकले कार्यालय व्यवस्थापन जिम्मेवारी प्रेम साउँद, सुरेन्द्र बिष्ट, सुरेन्द्र मल्ल र डम्बर साउँदलाई दिने निर्णय पनि गरेको छ। जिल्ला कमिटी उप–सचिवमा पदम बिष्टलाई मनोनित गरिएको मल्लले बताएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.