|

काठमाडौं : जनवरी ७ अर्थात २०२२ को पहिलो शुक्रबार प्रदर्शनमा आउने भनिएको तेलुगु फिल्म 'आरआरआर' अन्तिम समयमा आएर रोकियो।

भारतमा कोरोनाको संक्रमण दर दिनानुदिन बढ्दै गएपछि फिल्मको प्रदर्शन रोकिएको हो। 

झण्डै ४ सय करोड (भारु) बजेट रहेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्ममध्ये एक थियो।

भारतको सबैभन्दा सफल फिल्म सिरिज 'बाहुबली'का लेखक तथा निर्देशक एसएस राजमौलीको लेखन तथा निर्देशन रहेको फिल्ममा दुई तेलुगु सपुरस्टार जुनियर एनटिआर र राम चरण मुख्य भूमिकामा देखिँदै छन्। 

'आरआरआर' कै कारण पुस २३ (जनवरी ७) मा कुनै पनि नेपाली फिल्मले प्रदर्शन मिति तोकेका थिएनन्।

तर, एक साताअघि प्रदर्शनमा आएको 'कठपुतली'लाई र एक सातापछि प्रदर्शनमा आउन लागेको 'चपली हाइट ३' लाई प्रत्यक्ष असर गर्ने अनुमान गरिएको थियो।

गतसाता प्रदर्शनमा आउने भनिएको बलिउड फिल्म 'जर्सी' र यो साता प्रदर्शनमा आउने भनिएको 'आरआरआर'को प्रदर्शन रोकिँदा यसको फाइदा नेपाली फिल्म 'कठपुतली' सहित यतिवेला प्रदर्शनरत सबै फिल्मलाई फाइदा भएको छ। 

शुक्रबार हलमा कुनै पनि नयाँ फिल्म छैनन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म 'कठपुतली' दोस्रो सातामा प्रवेश गरेको छ।

दोस्रो सातामा 'कठपुतली'ले मल्टिप्लेक्समा पहिलो साताको भन्दा बढी शो पाएको छ। 

मल्टिप्लेक्समा लगभग ३५ प्रतिशत शोका साथ प्रदर्शन भइरहेको 'कठपुतली'ले दर्शकको साथ पाइरहेको छ।

साथै 'कठपुतली' कोरोना महामारीपछि सबैभन्दा बढी कमाउने नेपाली फिल्म पनि बनेको छ। 

त्यस्तै शुक्रबारदेखि हलिउड फिल्म 'स्पाइडर म्यानः नो वे होम' र तेलुगु फिल्म 'पुष्पाः द राइज' चौथो सातामा प्रवेश गरेका छन्।

विश्वव्यापी रुपमा भव्य ओपनिङ गरेको 'स्पाइडर म्यान'ले बक्स अफिसमा धेरै कीर्तिमान बनाएको छ।

चौथो सातामा आइपुग्दा 'स्पाइडर म्यान'को शो र दर्शक दुवै कम भएका छन्। यद्यपी विभिन्न देशमा यसको अझै भव्य प्रदर्शन भइरहहेको छ। 

त्यस्तै यतिवेला सबैभन्दा बढी शो 'पुष्पा' ले पाएको छ। पहिलाे साता 'स्पाइडर म्यान'का कारण कम शो पाएको फिल्ममा दर्शकको चाप सबैभन्दा बढी छ। कोरोनाका कारण भारतका विभिन्न सहरमा हलहरू बन्द हुने क्रम बढेपछि यसको असर 'पुष्पा'को व्यापारमा पनि देखिएको छ। 

'कठपुतली', 'स्पाइडर म्यान' र 'पुष्पा' बाहेक यतिवेला हलमा अर्को बलिउड फिल्म 'अतरंगी रे' पनि प्रदर्शनरत छ। अक्षय कुमार, धनुष र सारा अली खानको मुख्य भूमिका रहेको फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.