|

एजेन्सी : भारतमा पछिल्लाे २४ घण्टामा थप एकभन्दा बढी काेराेना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार एक लाख १७ हजार १०० संक्रमित फेला परेका छन्।

मन्त्रालयका अनुसार यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन्। भारतमा हाल तीन हजार ७ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

ओमिक्रोनका ती संक्रमितहरूमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार ३६३ रहेका छन्।

गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ। 

सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८३ हजार १७८  पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.