|
पोखरा रंगशाला

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दैछन्।

आठौँ चरणको खेलमा मनाङले घरेलु मैदान पोखरा रंगशालामा च्यासलसँग प्रतिस्पर्धा गर्न लागेको हो। यी दुई टोलीबीचको खेल शनिबार दिउँसो २ बजे सुरु हुने छ।

पोखरामा शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा मनाङका प्रशिक्षक फुजातोपेले गत सिजनमा पनि च्यासलविरुद्ध जित निकाल्न सफल भएकाले यसपटक पनि बलियो आत्म विश्वाससहित खेलाडी मैदान उत्रिने बताए।

यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले मनाङ बलियो टिम भएकाले रेलिगेसनको खतराबाट जोगिन खेलाडीहरुले सक्दो मेहनत गर्ने र त्यसैअनुसारको तयारी आफूहरुले गरेको बताए।

मनाङ अहिले ७ खेलबाट १७ अंकसहित दोस्रो स्थानमा छ। च्यासल ५ अंकसहित रेलिगेशनजोनमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.