|

पाल्पा : नेकपा (एमाले) पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न नवौं अधिवेशनले घिमिरेको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।

उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी) र उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता विनोद कार्कीले जानकारी दिए।

सदस्य मनोनीत गरेर १२० सदस्यीय बनाइएको छ। अझै केही संख्या वृद्धि हुने एमाले पाल्पाले जनाएको छ। रातभरिको प्रयासमा नेताहरूले शनिबार बिहान ४ बजे सर्वसम्मत नेतृत्वको घोषणा गरेका थिए। जिल्ला अधिवेशनमा ७०० प्रतिनिधि सहभागी भएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.