|

काठमाडौं : विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समितिले रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। 

अध्यक्ष मिश्र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग पार्टी एकता गर्न लागेको भन्दै विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समितिका संयोजक सुरेश भट्टले पार्टी विरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्। 

संयोजक मिश्रले विज्ञप्ती मार्फत् भनेका छन् ‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशक देखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसाबले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रूपमा चित्रित गर्ने रवीन्द्र मिश्रको दुष्प्रयासप्रति विवेकशील साझा अन्तर्राष्ट्रिय समिति घोर भर्त्सना गर्दछ।’

असहज परिस्थितिमा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भई बनेको विवेकशील साझा पार्टी मार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ टुल’को रूपमा पार्टीलाई दुरुपयोग गरेकोमा आपत्ति व्यक्त गरेका छन्। 

विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रवीन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेको उल्लेख गरेका छन्। वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट सङ्गठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहसँगै अन्तर्राष्ट्रिय समिति समेत भङ्ग भएको घोषणा गरेका छन्। 

पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरी नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न सचेत गराएका छन्। 

पुनः वैकल्पिक राजनीतिको मूल(बाटोमा सङ्गठित हुन अपिल गर्दै आगामी दिनमा प्रवासी नेपालीलाई मताधिकार दिलाउन ‘नोट चल्ने, भोट नचल्ने?’ अभियानलाई तीव्रता दिएर प्रवासी नेपाली समुदायसँग सधैँ उभिने प्रतिबद्धता जाहेर गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.