|

काठमाडौं : नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.