|

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको नाम दर्ता परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।

काउन्सिलले आज सार्वजनिक गरेको नतिजाअनुसार आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले पुस २२ देखि २५ गतेसम्म लिएको एमबिबिएस र बिडिएसको परीक्षा लिएको थियो।

आज प्रकाशित नजिताअनुसार बिडिएसतर्फ ४३५ जनाले परीक्षा दिएकामा १७७ जना उत्तीर्ण भएका छन्। यस्तै एमबिबिएसतर्फ एक हजार ७२२ जनाले परीक्षा दिएकामा ८७१ जना उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबिबिएसतर्फ एक हजार ७३४ जनाले आवेदन दिएकामा १२ जना अनुपस्थित थिए भने बिडिएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.