|

रुकुम (पूर्व) : रुकुमपूर्व भूमे गाउँपालिका–३ स्थित क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएपछि त्यहाँका स्थानीयले जोखिम मोलेर आवतजावत गर्ने गरेका छन्।

गत वर्ष जेठमा सिमा–झुम्लाबाङ–क्याङ्सी कृषि सडक खण्ड मर्मत गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले झोलुङ्गे पुल भत्काएको थियो।

सडक मर्मत गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले पुल भत्काएको हो।

पुलको एकापट्टिको मुख्य तार सहित जाली चुडिएको छ। जसले गर्दा स्थानीय बासिन्दा र मावि सिमा पढ्न जाने विद्यार्थीले जोखिम मोलेर वारपार गरिराखेका छन्।

पुलमा हिँड्ने क्रममा एकापट्टिको जाली नहुँदा खस्ने हो कि भने त्रासमै वारपार गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

पुल मर्मतका लागि पटक–पटक माग गर्दा पनि स्थानीय सरकार र सडक मर्मत गर्ने क्रममा क्षति पुर्‍याउने ठेकेदार बेखबर रहेको स्थानीयको दुखेसो छ।

वडाध्यक्ष दिलमान रोका मगरले भने आफू वडाको तर्फबाट पुल क्षति पुर्‍याउने ठेकेदारका साथै गाउँपालिका, जिल्ला समन्वय समिति र सडक पूर्वाधार विकासमा पुल मर्मतका लागि निवेदन दिएको बताए।

उक्त निवेदनमार्फत मर्मतका लागि गरिएको माग अहिलेसम्म सुनुवाइ नभएको वडाध्यक्ष रोकाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.