|

काठमाडौं : भारतमा उपचार गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा आज  स्वदेश फर्किदै छन्। 

पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन्। उनको  भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल)  मा उपचार भएको हो।

सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो। उनले यसअघि सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराएका थिए। तर, केही समस्या देखिएपछि उनले भारतमा उपचार गराउने निर्णय गरेका थिए। 

सरकारले १४ पुसको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रधानसेनापति शर्मालाई १८ पुसदेखि ३० सम्म बिदा दिने र यसबीच कामु प्रधानसेनापतिको जिम्मा रथी बालकृष्ण कार्कीलाई दिने निर्णय गरेको थियो।

प्रधानसेनापतिको नेतृत्व सम्हालेयता केही सार्वजनिक कार्यक्रममा स्वास्थ्यकै कारण उनी उपस्थित हुन नसकेपछि उनले बिदा लिएरै उपचार गराउने निर्णय गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.