|

धनगढी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो।

सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो।

गाईलाई ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ। गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा गएका छन्। ठक्कर दिने गाडीमा सवार सबै सकुशल जनाइएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.