|

काठमाडौं : नेकपा एमालेले दुई विशेष कमिटीसहित ५८ जिल्लाको नेतृत्व चयन गरेको छ।

गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो। 

अहिलेसम्म प्रदेश १ का १२, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ। ​ यस्तै मजदूर विशेष र पेशागत विशेषमा एक एक जना छानिएका छन्। 

पछिल्लो परिणाम अनुसार कास्कीमा मनबहादुर गुरुङ र सुर्खेतमा अमृत बिसी विजयी भएका छन्। दैलेखमा मतदाता भन्दा बढी मत खसेपछि मतदान नै रद्द गरिएको छ। कञ्चनपुरको मतगणना जारी छ। यस्तै कोरोना संक्रमण बढेपछि चितवनको मतदान अन्तिम समयमा स्थगित गरिएको छ। 

कुन  जिल्लामा को ?

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६. पाँचथर – राजकुमार भण्डारी

७. भोजपुर – शरणकुमार राई

८. इलाम- महेश बस्नेत

९. सोलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा- बिन्देश्वर मण्डल

बागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

९. कास्की – मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा 

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम- नन्दराम देवकोटा

५. जाजरकोट – खिमबहादुर शाही

६. सुर्खेत – अमृत बिसी  

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली- रतन थापा

५. दार्चुला- प्रेमसिंह धामी

६. बाजुरा-  कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.