|

धनगढी :  दार्चुलामा प्रहरीहरूबीच नै प्रहरी चौकीमा नै झडप भएको छ। बुधबार राति करिब ८ बजे मालिकार्जुन प्रहरी चौकीमा कार्यरत प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो।

चौकी इन्चार्ज, ट्राफिक प्रहरी र प्रहरीका हवल्दारबीच विवाद बढ्दै गएपछि झडप भएको एक प्रहरी अधिकारीले पुष्टि गरे। उनका अनुसार सवारी साधन चेकजाँचको विषयलाई लिएर विवाद भएको र विवादले उग्र रुप लिएपछि झडप भएको हो।

मालिकार्जुन प्रहरी चौकीभित्रै उनीहरुबीच झडप भएको थियो। झडपमा प्रहरी हवल्दार मदनसिंह धामी घाइते भएको बताइएको छ। उनको हात र शरीरमा चोट लागेको छ।

यता, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले चौकीमा झडप भएकोबारे आफूलाई जानकारी नभएको बताए। ‘झडप भएको जानकारी छैन। त्यस्तो नभएको होला‚’ उनले भने‚ ‘सामान्य विवाद भए पनि त्यो समाधान हुन्छ।’

झडपमा संलग्न सुरक्षाकर्मीहरूलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर झिकाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.