|

काठमाडौं : प्रधानमन्त्री कप टि-२० कप क्रिकेटमा आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो। प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो।

कोरोना परीक्षणपछि मात्र उक्त खेलबारे थप निर्णय गरिने जनाइएको छ। समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै ६ अंकका साथमा समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

प्रदेश १ ले भने केवल दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.