'सीमा विवादबारे अन्तरसरकारी संयन्त्रमा छलफल गर्नु उपयुक्त'

|

काठमाडौं : भारतले नेपालसँगको सिमानाका विषयमा भारत सरकारको अडान सुसंगत र स्पष्ट रहेको जनाएको छ।

काठमाडौंस्थित राजदूतावासमार्फत शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको पनि उल्लेख गरेको छ। 

‘भारत–नेपाल सिमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ।’ विज्ञप्तिमा लेखिएको छ, ‘यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको छ।’

विज्ञप्तिमा यस्ता समस्याहरू स्थापित अन्तर–सरकारी संयन्त्र र च्यानलहरू सञ्चार र संवादका लागि सबैभन्दा उपयुक्त हुने पनि उल्लेख छ । 

'पारस्परिक सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन्, ती हाम्रा घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा सधैं सम्बोधन गर्न सकिन्छ’‚ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

भारतले नेपाली भूमि कालापानी लिपुलेक क्षेत्रमा एकतर्फी सडक निर्माण गरिरहेको छ। यस विषयमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका राजनीतिक दल र केही संघसंस्थाले विरोध गर्दै आइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.