|
फाइल तस्बिर

काठमाडौं : पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको छ।  

आइतबार बिहान १० बजे  उडेपछि प्राविधिक समस्या देखिएकाले ७ मिनेटमै काठमाडौ विमानस्थलमा अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए।

‘जहाजको एउटा ढोका लक नभएको सूचना दियो‚’ प्रमुख गुरागाईंले भने‚ ‘ढोका लक नभएको संकेतका आधारमा पाइलटले जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा नै ल्याण्ड गरिएको हो।’

प्रमुख गुरागाईंका अनुसार अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.