सक्रिय संक्रमित ३० हजार नाघे

|

काठमाडौं : नेपालमा गत २४ घण्टामा ६ हजार ७ सय ३४ जना कोरोना संक्रमति थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार  १४ हजार १४ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ३ हजार ४ सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। 

परीक्षणका आधारमा यो ३८ दशमलब ५५ प्रतिशत हो। यो अवधिमा ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्। ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

सक्रिय संक्रमित ३० हजार नाघे

संक्रमितको संख्या बढ्दै जाने र निको हुने संख्या अत्यन्तै न्यून भएकाले सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ। मन्त्रालयका अनुसार हाल ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन्। 

तीमध्ये १ हजार ९६ जना संस्थागत र २४ हजार ५ सय ८४ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ। 

हाल १ सय २२ जना आइसियु र २९ जना भेन्टिलेटरमा उपचाररत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.