|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन्।

मुख्यमन्त्री राईले आज (मंगलबार) पत्रकारसँग कुराकानी गर्दै प्रदेशको नाम संसद्‌ले टुंगो लगाउने विषय भएको बताएका हुन्।

आफूहरू सरकारमा आएपछि संसद्‌को एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए।

मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश १ को नाम टुंगो लगाउनेतर्फ अघि बढ्ने बताए।

‘संसद्‌ले टुंगो लगाउने विषय भए पनि प्रदेश सरकारका तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नाम राखिनेछ’, मुख्यमन्त्री राईले  भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.