|

इंग्लिस प्रिमियर लिगमा चेल्सीले निरासाजनक प्रदर्शन गरेको हो। ब्राइटनसँग मंगलबार भएको खेलमा चेल्सी सुरुवाती अग्रता जोगाउन नसक्दा १-१ गोलको बराबरीमा रोकियो। बराबरीसँगै चेल्सीको उपाधि होड अब कमजोर बनेको छ।

ब्राइटनको घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा आफ्नो २३ औं मिनेटमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो। खेलमा चेल्सीले जिएचको गोलबाट २८ औं मिनेटमा अग्रता लिएको थियो। तर‚ दोस्रो हाफमा चेल्सीविरुद्ध ब्राइटनले गोल फर्कायो। वेवस्टेरले ६० औं मिनेटमा बराबरी गोल फर्काउँदै चेल्सीसँग एक अंक खोस्न सफल ब्राइटन सफल भयो।

खेलपछि चेल्सीको २३ खेलबाट ४४ अंक भएको छ। चेल्सी तेस्रो स्थानमा कायम छ। लिगमा सिटी ५६ अंकका साथ शीर्ष स्थानमा रहँदा २१ खेल मात्र खेलेको लिभरपुलको ४५ अंक छ। ब्राइटन भने २१ खेलबाट २९ अंक जोड्दै नवौं स्थानमा रहन सफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.