काठमाडौं : पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको छ।
बुधबार राति अचानक मुटुमा समस्या देखिएपछि पाटन अस्पताल लगिएका उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।
अछामको रामारोशन निवासी विश्वकर्मा टिभी टुडे टेलिभिजनमा कार्यरत थिए। मृतकका भाइ ललित टमाटाकाअनुसार अचानक मुटुमा समस्या देखिएर लगिएको थियो। उनका अनुसार एलबीको कोरोनाको एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा कमल चलाउँथे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।