काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीन तहको निर्वाचन एकसाथ गर्न प्रस्ताव गरेका छन्।
नेता महरले सबै राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एकसाथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुने सामाजिक सञ्जालमा लेख्दै यस्तो धारणा राखेका हुन्।
'आवधिक निर्वाचन विना लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्दैन। संविधान र कानुनको मर्मअनुसार सबै तहका निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रमा विश्वास राख्ने सबै राजनीतिक दलहरुका लागि नैतिक र बाध्यकारी व्यवस्था हो भन्ने कुरा सर्वविदित नै छ, नेता महरले भने, 'तसर्थ सबै राजनीतिक दलको सहमतिमा संघ , प्रदेश र स्थानीय (तीन तहको) निर्वाचन वैशाखको अन्तिम साता एक साथ सम्पन्न गर्ने निर्णय देशका लागि हितकर हुन्छ।'
नेपाल विद्यार्थी संघका पूर्व-अध्यक्षसमेत रहेका महरले तीनै निर्वाचनसँगै गर्न सके समय र आर्थिक हिसाबले देश र राजनीतिक दलहरुका लागि किफायती हुने उनको बताए।
साथै महरले तीन तहको चुनाव एकसाथ गर्न सके जनताको प्रतिनिधित्व गर्ने संसदलाई असंवैधानिक र अलोकतान्न्त्रिक तरिकाले बाम्बार विघटन गर्ने तथा संसद अवरुद्ध गरेर संसदीय व्यवस्थालाई बदनाम गर्ने नेकपा एमालेलाई जनताले दण्ड दिने अवसर पनि यही निर्वाचन हुनसक्ने नेता दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।