काठमाडौं : प्रतिकूल मौसमका कारण आन्तरिक तर्फका हवाइ उडान प्रभावित भएका छन्।
त्रिभुवन विमान स्थल कार्यालयका अनुसार नेपालगञ्ज धनगढी भद्रपुर,भरतपुर, पोखरा, जनकपुर, तुम्लिङटार र दाङ बाहेकका सबै उडान प्रभावित भएका हुन्। उडान हुन नसकेका स्थानमा हुस्सु र कुहिरो हट्ने क्रममा रहेकाले मौसम अनुकुल भएपछि उडानहरु सुचारु हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन्।
अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको बताइएको छ। पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो पनि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटफुट वर्षा हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए। महाशाखाले आज उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षाका साथै हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।