|

काठमाडौं : आगामी निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलहरुको उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय समिमितको बैठक आज दिउँसो ५ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकमा आगामी स्थानीय तह निर्वाचन, संसदमा जारी गतिरोधलगायतका विषयमा छलफल हुने समितिका संयोजक पौडेलले जानकारी दिए। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले गरिरहेको अर्ली इलेक्सनको तयारीबारे संयन्त्रको बैठकमा छलफल हुने पौडेलले बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी वैशाखमा स्थानीय तह निर्वाचन नगरी संघीय संसदको निर्वाचन गर्नेबारे पटकपटक छलफल भएको छ। यसै विषयमा सहमति खोज्न उच्चस्तरीय समितिको बैठक बस्न लागेको हो। 
समितिभित्र संसदको अर्ली इलेक्सनबारे सहमति जुटे नेकपा एमालेसँग पनि छलफल गर्ने र निर्वाचनको तयारीमा जुट्ने सत्ता गठबन्धनको तयारी छ। तोकिएको समयमा स्थानीय तहको निर्वाचन नगर्ने तर समयअगावै संघीय संसद विघटन गरेर निर्वाचन गर्ने गरी तयारी थालेपछि सरकारको आलोचना सुरु भएको छ। सरकारको यो तयारीमा कांग्रेस भित्रैसमेत विरोध भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.