|
फा‍इल फोटो

काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले काठमाडौं‚ ललितपुर र भक्तपुरमा जोरबिजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि लागु गरेको हो।

जसअनुसार जोर गते जोर नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ। बिजोर गते बिजोर नम्बर प्लेटका चल्नेछन्। तर‚ यो नियम अत्यावश्यक सेवाका सवारी साधनहरूमा लागु नहुने प्रशासनले जनाएको छ।

औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ ग्याँस‚ पेट्रोलियम पदार्थ‚ पानी‚ फलफूल‚ तरकारी‚ अण्डा‚ माछामासु‚ पशुपंक्षीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने साधनहरू‚ एम्बुलेन्स‚ दमकल‚ शवबहानमा जोरबिजोर नियम लागु हुने छैन।

यस्तै‚ निर्माण सामग्री बोक्ने गाडी‚ परिचपयपत्रको आधारमा सरकारी कर्मचारी‚ चिकित्सक‚ स्वास्थ्यकर्मी‚ सुरक्षाकर्मी‚ सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधानमा पनि यो नियम लागु नहुने प्रशासनले जनाएको छ।

परिचयपत्रका आधारमा बैंक‚ बिमा‚ बित्तीय संस्था‚ वायु सेवा कर्मचारीले प्रयोग गर्ने सवारी साधान‚सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास/परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन र सरकारी सवारी साधन कूटनैतिक नियोगका सवारी साधनमा पनि जोरबिजोरको नियम लागु हुने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.