|

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई संघर्षपूर्ण रुपमा १-० ले पराजित गरेको छ। युनाइटेडको घरेलु मैदानमा उसलाई जित दिलाउन मार्कुस रासफोर्डले निर्णायक गोल गरेका थिए।

शनिबार राति भएको खेलमा अधिकांश समय युनाइटेड गोलरहित बराबरीमा रोकिएको थियो। तर‚ निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिए पनि इन्जुरी समयको तेस्रो मिनेटमा रासफोर्डले गोल गर्दे टिमलाई महत्वपूर्ण तीन अंक दिलाए। रासफोर्डले काभानिको पासलाई सदुपयोग गरेका थिए।

जारी सिजनमा युनाइटेडको यो ११ औं जित हो। २२ खेल खेलेको युनाइटेडको लिग अंक तालिकामा ३८ अंक बनाउँदै लिग अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ।

त्यस्तै‚ शनिबारनै भएको अर्को खेलमा रेलिगेशन जोनमा रहेको न्युक्यासल युनाइटेडले लिड्स युनाइटेडलाई १-० ले पराजित गर्दै अंक तालिका सुधारको प्रयास गरेको छ। न्युक्यासलका लागि सेल्भीले ७५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.