|

काठमाडौं :  ओखलढुङ्गामा गुडिरहेको बोलेरो जिपलाई माथिबाट झरेको ढुङ्गाले किच्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले किच्दा को १ ज ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का ७ वर्षीय युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लंक श्रेष्ठले जानकारी दिए। उनका अनुसार जिपमा सवार  देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन्।

घाइतेको अहिले ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि हेलिकोप्टर मार्फत राजधानी पठाउने तयारी भइरहेको छ।

सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.