|

खोटाङ : खोटाङका दुई स्थानीय तहमा अत्यावश्यक बाहेकका नियमित सेवा बन्द गरिएको छ।

कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिका र रावाबेसी गाउँपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धित पालिकाले जनाएका छन्।

दुवै पालिकाका केही कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भाइरस फैलिन नदिन सोमबारदेखि माघ १५ गतेसम्मका लागि हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेर जानकारी दिएको छ।

यस्तै रावाबेसी गाउँपालिकाले १७ गतेसम्मका लागि मंगलबारदेखि कार्यालय बन्द गरेको सूचना प्रकाशन गरेर जानकारी गराएको हो।

नियमित सेवा बन्द भए पनि अत्यावश्यकका सेवा भने प्रवाह गरिने दुवै पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

यस्तै पुनः कोरोना भाइरस गाउँसम्म फैलिएको हुँदा यसको रोकथामका लागि सबैले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न पालिकाले नागरिकसमक्ष आग्रह समेत गरेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.