|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनकपुरको युथ क्याम्पसको बिसिए कार्यक्रम सञ्चालनमा भएको अनियमितबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।

त्रिविले मंगलबार विज्ञप्ति जारी समिति गठन गरेकाे जानकारी दिएकाे हाे।

नेपाल विद्यार्थी संघ, कीर्तिपुर इकाइको नामबाट केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीको विषयमा वार्ता गरी समस्या समाधान गर्न शिक्षाध्यक्षबाट एक समिति बनाएर प्रक्रिया अगाडि बढाएको पनि त्रिविले जनाएको छ। 

‘तत्कालीन समयमा अनुगमन गएका व्यक्तिहरूले अनुगमनका क्रममा अनियमितता गरेको भन्ने विषय उठेकाले यी विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न त्रिवि कार्यकारी परिषदबाट उच्चस्तरीय समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहाेस् पूरा विज्ञप्ति


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.