|

काठमाडौं :  सरकारले नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुरा राष्ट्रिय जनगणना २०७८ मा समेटिएको बताएको छ। 

प्रत्यक्ष रूपमा गणक तथा सुपरीवेक्षक पुगेर गणना गर्न नसकेकाले घर संख्याको आधारमा औसतमा जनसंख्याको आँकडा निकालिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। 

बुधबार सार्वजनिक भएको  जनसंख्या २ करोड ९१ लाख ९३२ हजार ४८० भित्र त्यस भेगको जनसंख्या समेत समेटिएको छ तर उक्त क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत  विवरण केही समयमा सार्वजनिक गर्ने विभागले जनाएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.