|

धनगढी : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन्।

उनी १ सय ४३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मत मात्र प्राप्त गरेका छन्।

यस्तै २ मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए।

यसअघि सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा पाँचदलीय सत्ता गठबन्धका २ जनाले राष्ट्रियसभा सदस्यमा विजय हासिल गरिसकेका छन्।

गठबन्धनबाट डडेल्धुराका जगत पार्की र कैलालीकी गरिमा शाहले जितेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.