|

जुम्ला : तातोपानी गाउँपालिकाका विपन्न परिवारलाई गाउँपालिकाले नि:शुल्‍क स्वास्थ्य बिमा गरिदिन थालेको छ। जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत्त पालिकाभरका विपन्नलाई  लक्षित गरी यो कार्यक्रम लागू गरिएको हो।

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक लाखका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए। उनले भने, 'विपन्न नागरिकका लागि यो कार्यक्रम निकै फलदायी र उपलब्धिमूलक हुने भएको छ।'

त्यस्तै, गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले स्वास्थ्य बिमा गर्न नसक्ने विपन्न नागरिकको जीवन रक्षा गर्न जनतासँग अध्यक्ष कार्यक्रम राखिएको बताए। यसअघि गाउँपालिकामा बिरामी भए भनेर रकम माग गर्न आउने विपन्नहरूलाई एक लाखको स्वास्थ्य उपचार पाएर कार्यक्रमबाट लाभान्वित हुने उनको विश्वास छ।

 गाउँपालिकाले वडामा अति विपन्नलाई तीन हजार पाँच सय र केही अनुदान गर्न सक्नेलाई दुई हजारका दरले सहयोग गरेर स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएकाले स्वास्थ्य बिमाबाट लाभ लिने नागरिक बढ्दै आएका छन्।

तातोपानी गाउँपालिका-३ का बिमा अभिकर्ता रेवती रावलले गाउँपालिका जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत वडा नम्बर ३ मा मात्रै करिब ५० जना विपन्न नागरिकको जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत नि:शुल्क स्वास्थ्य बिमा गरिएको जानकारी दिए।

करिब चार सय विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने गाउँपालिकाको लक्ष्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.