|

भक्तपुर : भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ। तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको हो।

जसमध्ये २ लाख १७ हजार ९४२ पुरुष र २ लाख १२ हजार ४६६ महिला रहेका छन्। भक्तपुरमा लैंगिक अनुपात १०२ दशमलव ५८ रहेको छ। यसैगरी, यहाँ परिवारको औसत आकार ३ दशमलव ९७ रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर ३.३२ प्रतिशत रहेको छ।

यसअघि, २०६८ को जनगणनामा भक्तपुरको जनसंख्या ३ लाख ४ हजार ६५१ रहेको थियो।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसंख्या सूर्यविनायक नगरपालिकामा रहेको छ। राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायकमा सबैभन्दा धेरै जनसंख्या देखिएको हो।

विभागका अनुसार सूर्यविनायकमा १ लाख ३७ हजार ९७१ जनसंख्या पुगेको छ। जसमध्ये ६८ हजार ९७१ पुरुष र ६९ हजार महिला रहेका छन्। मध्यपुर थिमि नगरपालिका धेरै जनसंख्या हुने जिल्लाको दोस्रो नगरपालिका बनेको छ।

यहाँ ६० हजार ९५४ पुरुष र ५९ हजार १ महिला गरी कुल एक लाख १९ हजार ९५५ जनसंख्या रहेको छ।

विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुर नगरपालिकामा ३९ हजार १९० महिला र ३९ हजार ६६४ पुरुष गरी जम्मा ७८ हजार ८५४ जनसंख्या रहेको छ।

भक्तपुर नगरपालिका जिल्लामा सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो। त्यस्तै, चाँगुनारायण नगरपालिकामा ८८ हजार ६१२ जनसंख्या रहेको छ। तीमध्ये ४४ हजार ७३ पुरुष र ४४ हजार ५ सय ३९ महिला रहेका छन्।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भक्तपुरमा एक लाख ८ हजार ४५३ परिवार रहेका छन्। तीमध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा ३५ हजार ८८५ परिवार रहेका छन्।

त्यस्तै, भक्तपुर नगरपालिकामा १८ हजार ८५४, चाँगुनारायण नगरपालिकामा २१ हजार ९४६ र मध्यपुरथिमि नगरपालिकामा ३१ हजार ७६८ परिवार रहेका छन्।

प्रारम्भिक नतिजाअनुसार भक्तपुरमा ७० हजार ८४९ घर गणना गरिएका छन्। तीमध्ये सबैभन्दा धेरै सूर्यविनायक नगरपालिकामा २३ हजार ६३७  रहेका छन् भने सबैभन्दा कम भक्तपुर नगरपालिकामा १२ हजार २ सय छन्।

त्यस्तै, चाँगुनारायण नगरपालिकामा १७ हजार ३७३ र मध्यपुरथिमि नगरपालिकामा १७ हजार ६३९ घर गणना गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.