|

काठमाडौ : कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनले काठमाडौ उपत्यकामा गुड्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको एक साता भइसकेको छ। 

संक्रमण कम गर्नका लागि भन्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गत माघ ८ गतेदेखि जोरबिजोर प्रणाली लागु गरेका हुन्। 

तर संक्रमण दर नियन्त्रणमा आउन सकेको छैन। यो प्रणालीका कारण गाडीको संख्या आधा घट्ने र यात्रुको भीडभाड झन् बढ्ने भएकाले वैज्ञानिक नभएको भन्दै यातायात व्यवसायीले फिर्ता गर्न माग गरिरहेका छन्। 

विद्यालय, कलेजबाहेक अरु सबै क्षेत्र खुला भएकाले मानिसको आवतजावतमा कुनै कमी भएको छैन। तर गाडीको संख्या घटेपछि विहान साँझ काममा जान र घर फर्किन यात्रुले निकै सास्ती खेप्नु परेको छ। 

विशेषगरी काठमाडौको सुन्धारा, वीर अस्पताल आसपास र रत्नपार्क क्षेत्रमा साँझ घर फर्कने यात्रु लामो समयसम्म बस कुर्न बाध्य छन्। बस पाए पनि भिडले चढिसक्नु हुँदैन। 

हेर्नुस् तस्वीर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.