|

काठमाडौं : नेपाल सरकारले आज ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि आवासीय राजदूत नियुक्त गरेको छ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन्। यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा आचार्य आर्थिक सल्लाहकार भएका थिए। उनी सन् २००७ देखि २००९ सम्म नेपाल सरकारका विदेश सचिव थिए। 

वर्तमान गठबन्धन सरकारले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएका राजदूत लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ राजदूतको पद खाली भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.