|

जुम्ला : जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ।

२०६८ को जनगणनाअनुसार  जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ।

यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन्। ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ भने सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख गरिएको छ।

चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ रहेको छ। पुरुष १० हजार ४७५ जना र महिला १० हजार ४९८ जना रहेको छ। नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ। गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ रहेको छ। पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना रहेको छ।

गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ वटा र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ।

यस्तै, हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ जना रहेको छ। जसमा पुरुष ६ हजार ३८८ जना र महिला ६ हजार ४१६ जना रहेको छ। हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ। कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ जना रहेको छ। पुरुष ६ हजार ८०७ जना र महिला ६ हजार ८८० जना रहेको छ।

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ जना रहेको छ। जसमा पुरुष ८ हजार ३४९ जना र महिला ८ हजार ५३२ जना रहेको छ। पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्यि जनगना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ।

सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ जना रहेको छ। जसमा पुरुष ६ हजार ५६१ जना र महिला ६ हजार १८३ जना रहेको छ। सिंजामा घरधुरी संख्या २ हजार २७१ जना र परिवार संख्या २ हजार ४२७ रहेको छ।

तातोपानी गाउँपालिका जनसंख्या १५ हजार ७२१ जना रहेको छ। पुरुष ७ हजार ७२८ जना र महिला ७ हजार ९९३ जना रहेको जनाएको छ। तातोपानीमा घरधुरी संख्या ३ हजार १९० वटा र परिवार संख्या ३ हजार ३२१ रहेको छ।

तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ जना रहेको छ। जसमा पुरुष ७ हजार २६१ जना र महिला ७ हजार ४३१ जना रहेको छ। घरधुरी संख्या २ हजार ५८२ वटा र परिवार संख्या २ हजार ६६६ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.