|

विश्वभर थप २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमा २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।

थपिएका संक्रमितमध्ये अमेरिकामा १ लाख ८९ हजार, भारतमा २ लाख २९ हजार, ब्राजिलमा २ लाख७ हजार, इटलीमा १ लाख ३७ हजार,  जर्मनीमा १ लाख ४३ हजार रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड २७ लाखभन्दा बढी  छ।

यस्तै‚ पछिल्लो २४ घण्टामा थप ७ हजार ६२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकामा १ हजार ११८, भारतमा ८९२, ब्राजिलमा ६९५, फ्रान्समा १७८, बेलायतमा २९६ ,रसियामा ६६८, टर्कीमा १४७, इटालीमा ३७७, अर्जेन्टिनामा १७९, कोलम्बियामा २७२, मेक्सिकोमा ४६७ र पोल्याण्डमा २३१ जनाको कोरोनाबाट मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.