|

विराटनगर : प्रदेश १ को प्रदेशसभा बैठक माघ २० गते बोलाउने तयारी भएको छ। लामो समयदेखि स्थगित रहेको प्रदेशसभा बैठक तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदबाट विश्वासको मत लिन हिउँदे अधिवेशन बोलाएका थिए।

मुख्यमन्त्री पदबाट आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। उनले विश्वासको मत लिएपछि संसद् बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो।  चाँडै संसद् बैठक सुचारु गरिने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए।

संसद् बैठक सुचारु गर्नका लागि सरकारले विधेयकको मस्यौदा तयार पारेको उनले बताए।

नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले समेत अविलम्ब प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ। एमाले संसदीय दलको केही दिनअघि बसेको बैठकले संसद् बोलाउनेसहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.