|

पछिल्लो केही दिन यता विश्वमा कोरोना संक्रमण दर संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर थप २० लाख ८३ हजार जनामा कोरोना संक्रमण भएको छ।

माघ १४ गते ३२ लाख ८५ हजारमा संक्रमण पुष्टि भएको थियो। त्यो दर त्यस यताका दिनमा दिनहुँ घटेको तथ्यांकले देखाएको छ। १५ गते ३२ लाख ४९ हजार ९०० र १६ गते   २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा धेरै साढे २ लाखमा संक्रमण पुष्टि भएको छ। यहाँ सोही अवधिमा १२७ जना संक्रमितको मृत्यु भएको छ। यस्तै‚ उक्त अवधिमा भारतमा १ लाख ७३ हजार मानिसमा कोरोना पुष्टि हुँदा ८९२ जनाको मृत्यु भएको तथ्यांक छ।

रसियामा १ लाख २१ हजार जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ६१७ जनाको मृत्यु भएको छ। यस्तै‚ जर्मनीमा १ लाख ९ हजारमा संक्रमण पुष्टि भएको छ। इटलीमा १ लाख ४ हजार, ब्राजिलमा १ लाख ४ हजार, टर्कीमा ८८ हजार, जापानमा ८२ हजार, नेदरल्याण्ड्समा ७५ हजार तथा अमेरिकामा ७२ हजार संक्रमित थपिएका छन्।

हाल विश्वभर विश्वभर सात करोडभन्दा बढी सक्रिय संक्रमित छन्। हालसम्म ५६ लाख ८१ हजार बढीको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.