काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न प्रदेशका पहाडी भू-भागमा मौसम बदली हुने सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना छ।
सोमबार बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्यबदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसमविद राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
राति पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले जानकारी दिए।
सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान महाशाखाले गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।