|

इटहरी : इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सिर्जना परिषद्  गठन गरेको छ। 

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य, कला र संगीत क्षेत्रका व्यक्तित्वहरूको भेलाले परिषद् गठन गरेको हो। परिषद्‌को सहसंयोजकमा मणिराज गुरुङ, टीका आत्रेय, सचिवमा बद्री भिखारी, सहसचिवमा वासुदेव तिम्सिना र कोषाध्यक्षमा प्रज्वल पराजुली रहेका छन्।

सदस्यहरूमा रीता ताम्राकार, शुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिषेख तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नवीन न्यौपाने छन्। 

यसैगरी मोहन तुम्बाहाङको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उपप्रमुख लक्ष्मी गौतमले परिषद्‌ले इटहरीको कला, साहित्य र संगीतको विकासका लागि नगरपालिकालाई सुझाव तथा सल्लाह प्रदान गरी इटहरीको साहित्य संगीत र कला क्षेत्रका विकासमा महत्वपूर्ण कार्य गर्ने अपेक्षा गरिन्।

संयोजक कृष्णविनोद लम्सालले साहित्य र कलाका सम्पूर्ण विधालाई समेटेर सवै पक्षको हित गर्ने कार्यविधि निर्माण गर्ने प्रतिवद्धता जनाए। उनले गरेर इटहरी नगरका भाषाभाषी र साहित्य कलालाई उन्नति प्रगति तर्फ उन्मुख गराउन परिषद अगाडि बढ्ने बताए।

भेलामा सल्लाहकार संयोजक मोहन तुम्बाहाङ, साहित्यकार तथा अग्रज पत्रकार कृष्ण अधिकारी, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, लोक गायक बालकृष्ण कार्की लगायतका साहित्यकार कलाकारले आफ्नो धारणा राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.