|

काठमाडौं : यू-१९ विश्वकपमा इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको छ। मंगलबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

रोमाञ्चक खेलमा अन्तिम तीन ओभर अफगानिस्तानका लागि निराशाजनक रहँदा इंग्ल्यान्डले २४ वर्षपछि यू-१९ विश्वकपको फाइनलमा स्थान बनायो। यसअघि इंग्ल्यान्डले १९९८ को यू-१९ विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसयता इंग्ल्यान्ड फाइनल पुग्न असफल हुँदै आएको थियो।

वेस्टइन्डिजमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले ४७ ओभरमा घटाइएको खेलमा इंग्ल्यान्डले ६ विकेट गुमाएर २३१ रन बनाएको थियो।

उसका लागि ओपनर जर्ज थोमस र छैटौं नम्बरमा ब्याटिङका लागि आएका जर्ज बेल साथै आठौं नम्बरमा ब्याटिङका लागि आएका एलेक्स होर्टनले अर्धशतकीय इनिङ खेलेका थिए। ओपनर थोमसले ५० रन बनाउँदा बेली र होर्टनले सातौं विकेटका लागि ९५ रनको सानदार अविजित साझेदारी गर्दै टीमलाई समानजनक स्कोरमा पुर्‍याएका थिए। बेल ५६ रनमा अविजित रहँदा होर्टन ५३ रनमा अविजित हेका थिए। अफगानिस्तानका लागि नभिद जद्रान र नुर अहमेदले समान २-२ विकेट लिए।

२३२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले संयमित प्रदर्शन गर्दै कडा चुनौती दिएपनि जित भने निकाल्न सकेन। उसका लागि अला नुरले सर्वाधिक ६० रन बनाए। त्यस्तै मोहम्मद यस्कले ४३ रन जोड्दा अब्दुल हादि ३७ रनमा अविजित रहे। त्यस्तै विल अहमदले ३३ रन बनाउँदा नुर अहमेद २५ रनमा आउट भए। इंग्ल्यान्डका लागि रेहन अहमेदले ४ विकेट लिए।

अफगानिस्तानलाई १८ बलमा २३ रन आवश्यक रहेको अवस्थामा रेहानले ४६ औ ओभरमा तीन विकेट लिंदै १ रनमात्र दिएर अफगानिस्तानको फाइनल सपनाको अन्त गरिदिएका थिए। जसका कारण अफगानिस्तान निर्धारित ४७ ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सकेको थियो। अब फाइनलमा इंग्ल्यान्डले भारत र अस्ट्रेलिया विचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.