|

धनकुटा : धनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वइन्टमा धनकुटा बजारबाट जिरोप्वइन्ट जाँदै गरेको मे १ ह ४४७४ नं को टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको हो। 

दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल धनकुटा नगरपालिका वडा नं. ७ प्वाइन्ट बस्ने ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएपी सुरज कार्कीले जानकारी दिए। 

दुर्घटना ग्रस्त टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.