|

बझाङ : नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।

बझाङको मष्टा गाउँपालिका-६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो मष्टा गाउँपालिका-५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएको हो।

तोडफोड गर्ने ओखेडालाई हिजो दिनभर प्रहरीले खोजे पनि फेला पार्न नसकेको र उनको मानसिक सन्तुलन सही नभएको स्थानीयबाट बुझिन आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए।

ओखेडाले यसअघि पनि गाउँमा रहेका मठमन्दिर भत्काउने, सार्वजनिक स्थलमा नराम्रो व्यवहार गर्ने र मानिसलाई देख्नासाथ ढुङ्गा हान्ने गरेको स्थानीयले बताएका छन्।

तोडफोड भएको टावर कहिले सञ्चालनमा आउने भन्ने यकिन भन्न नसकिने नेपाल टेलिकमको शाखा कार्यालय बझाङले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.