|

काठमाडाैं :  जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग साढे तीन हजार घुस लिएकाे आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बारामा एक वडा सचिवलाई नियन्त्रणमा लिएकाे छ।

कोल्हवी नगरपालिका-११ रामपुर्वाका वडासचिव नायव सुव्वा विनोदप्रसाद साहलाई सेवाग्राहीबाट लिएकाे रकमसहित आयाेग हेटौडाकाे टाेलीले उनकै कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.