|

रुकुम पूर्व : शीत भण्डार नहुँदा रुकुम पूर्वका किसानले सल्लाको पातले ढाकेर सुन्तला राख्नुपर्ने बाध्यता रहेको छ। पुथाउत्तरगंगा गाउँपालिका–८ चारगाउँमा उत्पादित सुन्तला यसरी राखिँदै आइएको छ।

चारगाउँका अर्जुन बुढाथोकीले अमृत बहुउद्देश्यीय फलफूल तथा नर्सरी फर्ममार्फत सुन्तला उत्पादन गर्दै आएका छन्। उनले शीत भण्डारको अभावमा हरेक वर्ष सल्लाको पातले छोपर सुन्तला राख्दै आएका छन्।

बुढाथोकीले यस वर्ष करिब २५ क्विन्टल सुन्तला फलाएका छन्। जसमध्ये सात क्विन्टल बिक्री गरेका छन्। १५ क्विन्टल सल्लाको पातले ढाकेर राखेका छन्। यसरी राख्दा एक/दुई महिनासम्म सुरक्षित रहने बुढाथोकीको भनाइ रहेको छ। चारगाउँ सडक सञ्जालदेखि टाढा रहेकाले बजारसम्म सुन्तला पुर्‍याउन समस्या छ।

यता एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका प्रमुख पिताम्बर बस्नेतले विद्युत्‍को सहज सुविधा नभएको ठाउँमा चिस्यान केन्द्र सञ्चालन गर्न सम्भव नहुने बताए। उक्त ठाउँमा शीत भण्डारको अर्को उपाय जमिनभित्र शून्य शक्ति भण्डार बनाउन सकिने प्रमुख बस्नेतले जानकारी दिए। उनले शीत भण्डार नभएको स्थानका लागि कार्यालयमा प्रस्ताव आए अर्को आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने समेत बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.