|

काठमाडौं : भारतीय चर्तित गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

भारतीय संचारमाध्यमका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि हाल उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। ९२ वर्षीया लता त्यसबेलादेखि आइसियुमा छिन्।

लता मंगेशकरको उपचारमा संलग्न रहेका डाक्टर प्रतित सम्धानीले भने, ‘लताजीको स्वास्थ्य बिग्रिएपछि उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। चिकित्सकको टोलीले उनको २४ सै घण्टा निगरानी गरिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.