|

काठमाडौं : बाजुरा, रुपन्देही र मोरङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

साँफे–मार्तडी सडकखण्ड अन्तरगत बाजुराको बुढीगंगा नगरपालिका ६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। एकजना जना गम्भीर घाइते भएका छन्। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ वर्षीय बल सुनार रहेका छन्। उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको राति पौने २ बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका ४ का ३६ बर्षीय गगन साँउदको सोही अस्पतालमा उपचार भइरहेको छ। 

फालासैनबाट बाक्का तर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे, अनियन्त्रीत भएर पल्टीएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ। मोटरसाइकल चालक को हुन् भन्ने विषयमा खुल्न बाँकी रहेको छ।

त्यस्तै पुर्व–पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको बुटवल उपमहानगरपालिका २ तिनाउ पुलमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ वर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राति साढे १२ बजे, मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको छ। 

गएराति पौने १२ बजे, बा१९च ९१५७ नम्बरको जिपले लु २४ प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटना लगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ।

मोरङको सुन्दर हरैचा नगरपालिका ८ सलकपुरमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारको लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। 

अदाजी ३० वर्षीय साईकलयात्री पुरुषलाई गएराति सवा १२ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो। ठक्कर पश्चात फरार रहेका सवारी साधन सहित चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बिराटचोकले जानाकरी दिएको छ।

त्यस्तै सुनसरीको कोशी गाँउपालिका ४ पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी  दुर्घटनामा २ जना घाइते भएका छन्। 

काठमाण्डौबाट ईटहरी तर्फ जाँदै गरेको ना ५ ख ९२८३ नम्बरको ट्रकको पछाडि सोही दिशातर्फ जाँदै गरेको को १ ख ७६०४ नम्बरको ट्रक आज बिहान साढे ५ बजे ठोकिएको थियो।  दुर्घटनामा घाइते  भएका ७६०४ नम्बरको ट्रक चालक कोशी गाँउपालिका ३ जमुवाका ३० वर्षीय रहबर अन्सारी र परिचालक कोशी गाँउपालिका २ का १८ वर्षीय अमन कुमार साहको बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको छ। 

घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ।  ९२८३ नम्बरको ट्रक र चालक अस्थाई प्रहरी पोष्ट कटान सुनसरीको नियन्त्रणमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.